पर्साको ठोरीबाट लागूऔषध गाँजासहित एक जना पक्राउ


eShilalekh

१२ माघ २०८२, सोमबार १४:४५

वीरगन्जः पर्सा प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा ठोरी गाँउपालिका ४ का ३४ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलिले ५५ किलो लागूऔषध गाँजासहित श्रेष्ठलाई पक्राउ गरेको हो ।लागूअ‍ैषध बिक्री बितरण तथा भण्डारण गरेको बिशेष सूचनाको आधारमा प्रहरीले श्रेष्ठको घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा घरभित्र लुकाईछिपाई राखेको अवस्थामा प्लाष्टिकसहित पाँच पोकामा ५५ किलो लागूऔषध गाँजा बरामद भएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

बरामद लागूऔषधसहित पक्राउ परेका श्रेष्ठलाई लागूऔषध सम्बन्धि कसुरमा पर्सा जिल्ला अदालतबाट दस दिनको म्याद थप अनुमती लिइ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्