मधेस प्रदेशमा आइतबार सार्वजनिक बिदा

सिमराः मधेस प्रदेश सरकारले आइतबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले बिहीबार एक सूचना जारी गर्दै आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएका हुन् ।
प्रदेश मन्त्रिपरिषद्को गत १६ मंसिरको निर्णयानुसार १८ माघमा सार्वजनिक बिदा दिइएको सूचनामा भनिएको छ ।
सूचनामा मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा)का अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरुप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।





