जीतपुरसिमरा २१ मा एमालेको निर्वाचन परिचालन कार्यालय स्थापना


eShilalekh

१९ माघ २०८२, सोमबार २०:१९

सिमराः फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जमा निर्वाचन परिचालन कार्यालय स्थापना गरेको छ ।

कार्यालयको नेकपा एमाले बारा क्षेत्र नं. ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले गरेका थिए । कार्यालयको उद्घाटन गर्दै नेता श्रेष्ठले अमलेखगञ्जको समग्र विकासका लागि एमालेको जित अपरिहार्य रहेको बताए ।

श्रेष्ठले अमलेखगञ्जबासीले भोग्दै आएको पानीको समस्यालाई दीर्घकालिन समाधानका उपाय खोज्ने, लालपुर्जा, वन्यजन्तुको आक्रमण नियन्त्रण, ट्यांकर व्यवसायीका समस्यालगायतको विषयमा योजनावद्ध ढंगले काम गर्ने बताए ।

निर्वाचन परिचालन उद्घाटन कार्यक्रममा एमालेको विभिन्न तहका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो । एमालेले क्षेत्रीय, पालिका तह हुँदै अहिले वडातहमा निर्वाचन परिचालन कार्यालय स्थापना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्