जीतपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

सिमराः बाराको जीतपुरमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका ३२ का २५ वर्षीय लक्की सहनी रहेका छन् ।
वीरगन्जबाट आउँदै गरेको ना५२प ४४१२ नम्बरको मोटरसाइकल बिहान करिब ३ बजे जीतपुरको रातोपुल नजिक दुर्घटना भएको हो । प्रहरीका अनुसार मोटरसाइकल सडकछेउको पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १९ वर्षीय सुरज ठाकुर घाइते भएका छन् । घाइतेको बयोधा अस्पतालमा उपचार भईरहेको छ । घाइतेको खुट्टा र शरीरमा चोट लागेको छ ।





