फेटा गाउँपालिकाका अध्यक्ष रूस्तम अन्सारीमाथि हातपात, सुरक्षाकर्मीद्वारा उद्धार

सिमराः बाराको फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीमाथि स्थानीयले शुक्रबार बिहान हातपात गरेपछि सुरक्षाकर्मीले उनको उद्धार गरेको छ ।
फेटा ३ स्थित आफ्नै घरमा छलफलका क्रममा रहेका अध्यक्ष अन्सारीमाथि दुई पक्षबीचको विवादका क्रममा आक्रमण भएको हो ।
बिहीबार राति जन्ती आएका दुई समुदायका युवाहरूबीच भएको कुटपिटको विषयलाई लिएर दुवै पक्ष सहमति खोज्न अध्यक्षकहाँ पुगेका थिए । तर सो विवाद मिलाउन आफूले केही गर्न नसक्ने बताएपछि आक्रोशित बनेका स्थानीयले उनीमाथि हातपात गरेका थिए ।
आक्रोशित भीडले घर घेराउ गरेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उनलाई सुरक्षित स्थानमा पुर्याएको छ ।





