महोत्तरीमा श्रोत नखुलेको ११ लाख भन्दा बढी रकमसहित एक जना पक्राउ

महोत्तरीः महोत्तरी प्रहरीले स्रोत नखुलेको ११ लाख भन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्सी गाउँपालिका ७ का गौतम साह रहेका छन् ।
महोत्तरीको मनरा शिसवा नगरपालिका ३ सोनौल बजारबाट स्रोत नखुलेको ११ लाख ५१ हजार तिन सय रूपैयाँसहित प्रहरीले साहलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको प्रहरी टोलिले पोखरभिण्डबाट सोनौल बजारतर्फ आउँदै गरेको म.प्र.०२–००९ प १५१७ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा उक्त मोटरसाइकलमा सवार साहको साथबाट स्रोत नखुलेको नगद बरामद भएको हो ।
बरामद नगदसहित साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





