विकास र सुशासनको प्रतिबद्धतासहित श्रेष्ठको चुनावी दौड

सिमरा: बारा क्षेत्र नम्बर ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानको विश्रामपुर गाउँपालिकाअन्तर्गत बलिरामपुरबाट सुरु भएको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

घरदैलोका क्रममा स्थानीयवासीले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी तथा कृषि क्षेत्रका समस्याबारे खुलेर आफ्ना धारणा राखेका थिए। जनताका गुनासा ध्यानपूर्वक सुन्दै श्रेष्ठले समाधानका लागि प्रतिबद्धता व्यक्त गरे। उनले जनअपेक्षाअनुसार विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

स्थानीय नेता तथा कार्यकर्ताहरूका अनुसार दिनप्रतिदिन बढ्दो जनसमर्थनले क्षेत्र नम्बर ४ मा श्रेष्ठको पक्षमा सकारात्मक माहोल बनेको छ।






