निर्वाचनलाई लक्षित गरी तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय


eShilalekh

१२ फाल्गुन २०८२, मंगलवार १५:५४

सिमराः सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

निर्वाचन आयोगले मतदानमा बढीभन्दा बढी सहभागिता जुटाउन ३ दिन बिदा दिन सरकारसमक्ष सिफारिस गरेको थियो। आयोगको सिफारिसअनुसार मन्त्रिपरिषद्ले बिदा दिने निर्णय गरेको हो।

सरकारले सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्