जीतपुरसिमरा १ मा कांग्रेसको घरदैलो सम्पन्न


eShilalekh

२४ बैशाख २०७९, शनिबार ०७:३४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसले आफ्नो घरदैलो सम्पन्न गरेको छ । मनोनयन दर्तासंगै चुनावी प्रचारलाई अघि बढाएको कांग्रेसले शुक्रवार पथलैयामा अन्तिम घरदैलो गरेको हो ।

घरदैलोमा कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिराबहादुर गुरुङ, वडा सदस्यका उम्मेदवार अमन लामा, राकेश सुब्बा, कुसुमदेवी श्रेष्ठ, चित्रकुमारी विकलगायत कांग्रेसका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

घरदैलोका क्रममा कांग्रेसका उम्मेदवारलाई कांग्रेस समर्थक मतदाताले अबिर र खादा लगाएको जितको शुभकामना गरेका थिए । कांग्रेसबाट उम्मेदवारी दिएका गुरुङ अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि निर्वाचित भएका थिए ।

दोस्रो पटक उम्मेदवारी दिएका गुरुङ आफ्नो जित सुनिश्चित रहेको बताउछन् । दुई वटा मतदान केन्द्र रहेको वडा नं. १ मा चार हजार छ सय ४६ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्