रौतहटमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

रौतहट: रौतहटको गढिमाई नगरपालिका ७ स्थित धरमपुर–धनाडी सडकखण्ड अन्तर्गत नहरको सडकमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
धनाडीबाट धरमपुरतर्फ जाँदै गरेको ना ६ त ९६८३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट तल खेतमा पल्टिएको थियो ।
दुर्घटनामा ट्रयाक्टरको इन्जिनले थिचिएर चालक गौर नगरपालिका ६ सबगढाका २८ वर्षीय रञ्जित साहको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।





