सिमराको ‘होटल इच्छा’ अब अन्तर्राष्ट्रिय स्वरूपमा, ‘लेमन ट्री’ सँग ऐतिहासिक सम्झौता


eShilalekh

२० चैत्र २०८२, शुक्रबार १६:२६

सिमरा: बाराको सिमरास्थित पाँचतारे होटल ‘होटल इच्छा लिमिटेड’ को व्यवस्थापन चर्चित अन्तर्राष्ट्रिय होटल चेन ‘लेमन ट्री’ ले गर्ने भएको छ । होटल इच्छा र भारतको प्रख्यात लेमन ट्री होटलबीच व्यवस्थापनसम्बन्धी द्विपक्षीय सम्झौता भएको हो ।

भारतको नयाँ दिल्लीस्थित लेमन ट्रीको मुख्यालयमा भएकाे सम्झौता पत्रमा होटल इच्छा लिमिटेडका प्रबन्ध निर्देशक मुनसन वाग्ले र लेमन ट्रीका प्रबन्ध निर्देशक निलेन्द्र सिंहले हस्ताक्षर गरेका छन् । सम्झौतापछि अब होटल इच्छा ‘लेमन ट्री होटल’ को ब्रान्ड नाममा सञ्चालन हुनेछ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार होटल व्यवस्थापन हुने हुँदा याे सम्झौताले सिमरासहित जिल्ला र प्रदेशकै बारा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । अन्तर्राष्ट्रिय चेन ब्रान्डको प्रवेशसँगै होटल इच्छाले आफ्नो सेवाको गुणस्तरलाई नयाँ उचाइमा पुर्‍याउने होटलका प्रवन्ध निर्देशक वाग्लेले बताए ।

लेमन ट्रीले करिब दुई महिनापछी आवश्यक अन्य प्रक्रिया पूरा गरि होटल व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ । व्यवस्थापनबापत लेमन ट्रीले होटल संचालकसंग मुनाफाको पाँच प्रतिशत शुल्क लिनेछ ।

प्रतिक्रिया दिनुहोस्