वीरगन्जमा एक युवती मृत फेला, अनुसन्धान सुरु

वीरगन्ज: वीरगन्ज महानगरपालिका १० मा डेरा गरी बस्दै आएकी एक २० वर्षीया युवती मृत अवस्थामा फेला परेकी छन्। रौतहट घर भएकी माही गुप्ता आइतबार बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
गुप्ताले मृत्युअघि सामाजिक सञ्जाल टिकटकमा एक भिडियो सार्वजनिक गर्दै आफ्नो मानसिक पीडा र पारिवारिक समस्या व्यक्त गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
करिब सात वर्षअघि विवेक गुप्तासँग प्रेम विवाह गरेकी माही श्रीमानले दोस्रो विवाह गर्ने तयारी गरेपछि पछिल्लो समय गहिरो तनावमा रहेको उनका निकटका साथीहरूले बताएका छन्।
प्रहरीले घटनाको प्रारम्भिक कारण पारिवारिक कलह र मानसिक तनाव हुनसक्ने अनुमान गर्दै यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ।





