सशस्त्र प्रहरीको हलुका सवारी चालक प्रशिक्षार्थीलाई ट्राफिक सचेतनासम्बन्धि प्रशिक्षण सम्पन्न


eShilalekh

११ बैशाख २०८३, शुक्रबार १९:०२

पथलैया: बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा तालिमरत हलुका सवारी चालक प्रशिक्षार्थीलाई ट्राफिक नियम तथा ऐनकानुन सम्बन्धी सचेतनामूलक कक्षा संचालन गरिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका ट्राफिक प्रहरी नायब निरीक्षक टंक न्यौपानेले कक्षमा सहजीकरण गरेका थिए ।

न्यौपानेले प्रशिक्षार्थीलाई ट्राफिक नियम, सडक सुरक्षा तथा सवारी सञ्चालनसम्बन्धी आधारभूत मापदण्ड, सवारी चलाउँदा अपनाउनुपर्ने सावधानी, दुर्घटना न्यूनीकरणका उपाय, ट्राफिक संकेतहरूको प्रयोग तथा नियम उल्लंघन गर्दा हुने कानुनी कारबाहीबारे प्रशिक्षण दिएका थिए ।

सचेतनामूलक कक्षामा शिक्षालयमा तालिमरत सशस्त्र प्रहरीका हलुका सवारी चालक प्रशिक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्