सिरहामा टिपरको ठक्करबाट एक जनाको मृत्यु, चालक पक्राउ


eShilalekh

१५ बैशाख २०८३, मंगलवार १८:४५

सिरहाः सिरहाको गोलबजार नगरपालिका ६ स्थित धमनी मन्दिर नजिक मंगलबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर कटारी नगरपालिका १ का करिब ५० वर्षीय समजित राई रहेका छ ।

गोलबजारबाट लहानतर्फ जाँदै गरेको ना १ क ९२२८ नम्बरको टिपरले सोही दिशामा पैदल हिँडिरहेका राईलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका राईको पेट तथा दुवै हातमा चोट लागेको थियो । तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएपनि करिब १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार दुर्घटनामा संलग्न टिपर र धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ का ४६ वर्षीय चालक प्रविन सिंह क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्