पथलैया–वीरगन्ज सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा पतिको मृत्यु, पत्नी घाइते

सिमराः पथलैया–वीरगन्ज सडकखण्डमा बुधबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका ३ बसन्तपुरका ४० वर्षीय राम चमार रहेका छन् ।
वीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको ना२७प ३०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदै सडक छेउको रेलिङमा ठोक्किँदा चमार र उनकी ३५ वर्षीया पत्नी जानकी देवी गम्भीर घाइते भएका थिए ।
डाबर नेपाल अगाडि भएको उक्त दुर्घटनाका घाइते दुवैलाई उद्धार गरि अस्पताल लगिएको थियो । चमारको उपचारका क्रममा गण्डक अस्पतालमा मृत्यु भएको हो । उनकी पत्नी जानकी देवीको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।





