समितिलाई परिणाममुखी, उत्तरदायी तथा प्रभावकारी बनाउने लक्ष्य छः रहबर अन्सारी

सिमराः प्रतिनिधिसभाअन्तर्गत उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको दोस्रो बैठक सोमबार सम्पन्न भएको छ। बैठकमा समितिको कार्यक्षेत्रका सम्बन्धमा छलफल गरिएको र विगतका कामकारबाहीका अनुभवहरू आदानप्रदान गरिएको समितिका सभापति रहबर अन्सारीले बताएका छन्।
अन्सारीका अनुसार उक्त छलफलले आगामी कार्ययोजनालाई अझ स्पष्ट र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ। उनले समितिलाई परिणाममुखी, उत्तरदायी तथा प्रभावकारी बनाउने लक्ष्य लिइएको आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
बैठकमा समितिका पूर्व सभापति अब्दुल खानको समेतउपस्थिति रहेको थियो । खानले आफ्ना महत्वपूर्ण सुझाव तथा अनुभव साझा गरेका थिए ।
अन्सारी बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य हुन्।






