सिम्रौनगढमा सात किलो लागूऔषध गाँजासहित एक जना पक्राउ


eShilalekh

२३ बैशाख २०८३, बुधबार १६:२९

सिमराः बाराको सिम्रौनगढमा सात किलो लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका ६ गोलागंजका अन्दाजी ३० वर्षीय विश्वनाथ मलिक डोम रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी नायब निरीक्षक सुन्दरकान्त मिश्राको नेतृत्वमा खटिएको प्रहरी टोलीले मलिकको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध गाँजा बरामद गरेको हो ।

बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेश राज भट्टका अनुसार पक्राउ परेका मलिकमाथी बारा जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्