जीतपुरसिमराले एकैपटक माग्यो ४४ जना स्वास्थ्य कर्मचारी

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले सेवा करारमा एकैपटक ४४ जना स्वास्थ्य कर्मचारी माग गरेको छ । नवनिर्मित नगर अस्पतालका लागि उपमहानगरले १७ पदमा ४४ कर्मचारी माग गरेको हो ।
माग गरिएको पदमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा छुटेका आवेदकले जेठ १८ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।
उपमहानगरले कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट जनरल सर्जन, कन्सल्टेन्ट गाइनोकोलोजिस्ट, कन्सल्टेन्ट रेडियोजोलिस्ट, कन्सल्टेन्ट पेडियाट्रिसियन, मेडिकल जनरलिष्ट, मेडिकल अधिकृत, डेण्टल अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापी सहायक, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, डेण्टल सहायक र एनेस्थेसिया सहायक पदका लागि आवेदन खुला गरेको हो ।
हेर्नुहोस् सूचना








