सिमरामा एक दिवसीय नि:शुल्क आँखा शिविर सञ्चालन हुने


eShilalekh

२५ बैशाख २०८३, शुक्रबार १४:२८

सिमरा: किरण आँखा क्लिनिकको सिमरा शाखा र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ कार्यालयको संयुक्त आयोजनामा सिमरामा एक दिवसीय नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ।

सिमरास्थित किरण आई क्लिनिकमा शनिबार बिहान १०:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालन हुने उक्त शिविरमा शंकर नेत्रालय मद्रास (भारत), लहान (नेपाल), एन.एच.एस लण्डन तथा अमेरिकाबाट विशेष तालिम प्राप्त अनुभवी नेत्र विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गर्नेछन्।

शिविरमा सहभागी हुने बिरामीहरूका लागि नि:शुल्क आँखा जाँचको व्यवस्था मिलाउनुका साथै मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीहरूका लागि विशेष छुट समेत प्रदान गरिने आयोजकले जनाएको छ। यसका साथै, शिविरमा टाइटन ब्रान्डका चस्माहरू समेत सुपथ मूल्यमा उपलब्ध हुनेछन्।

नेपाल सरकारको सामाजिक सुरक्षा कोष र स्वास्थ्य बिमा सुविधासमेत उपलब्ध हुने भएकाले यो सेवा लिन इच्छुक व्यक्तिहरूले आ–आफ्नो सामाजिक सुरक्षा कोष वा स्वास्थ्य बिमाको कार्ड लिएर उपस्थित भई शिविरबाट लाभ लिन आयोजकले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्