सर्लाहीमा सवारी दुर्घटनामा हुँदा एक जनाको मृत्यु

सर्लाहीः सर्लाहीको ईश्वरपुर नगरपालिका २ राईटरखोरमा मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा साइकल चालक ईश्वरपुर २ राईटरखोरका किसुन देव साह रहेका छन् ।
मियाँखोरबाट सुकनाहातर्फ जाँदै गरेको बीआर ३० ई ६९०२ नम्बरको भारतीय मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका शाहलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनामा मोटरसाइकलको पछाडि सवार १४ वर्षीय बिक्की कुमार राउत सामान्य घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालक मनिष साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।






