तीन करोड जरिवाना भएका राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ


eShilalekh

३० बैशाख २०८३, बुधबार १८:३४

वीरगन्जः राजस्व चुहावट मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा पर्सा कार्यालयबाट खटिएको फैसला कार्यान्वयन टोलीले लुकिछिपी बस्दै आएका प्रबिन्द्र साह गोढलाई पक्राउ गरेको हो ।

पर्सा जिल्ला अदालतको फैसलाअनुसार राजस्व चुहावट मुद्दामा उनलाई ६ महिना कैद सजाय तथा तीन करोड १२ लाख ६० हजार जरिवाना तोकिएको थियो। अदालतको आदेशपछि फरार रहेका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गोढ साविक बेल्वा गाविस ५ हाल वीरगन्ज महानगरपालिका वडा नं. ३१ निवासी हुन् । उनलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्