रास्वपा जीतपुरसिमरा १३ को प्रथम वडा अधिवेशन सम्पन्न, सभापतिमा गोविन्द चौधरी चयन


eShilalekh

१५ जेष्ठ २०८३, शुक्रबार १८:४८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम वडा अधिवेशन सानो डुमरवानामा सम्पन्न भएको छ।

नगर समिति सभापति सुरेशराज केसीको उपस्थितिमा सम्पन्न अधिवेशनले गोविन्द्र चौधरीको सभापतित्वमा वडा समिति गठन गरेको छ।

समितिको उपसभापतिमा प्रलाद चौधरी, सचिवमा सिकिन्द्र चौधरी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सनी माझी, ओमप्रकाश, भगवत चौधरी, रामराज चौधरी र सूर्यकला चौधरी रहेका छन्।

समितिमा थप तीन जना सदस्य पछि मनोनित गरिने जनाइएको छ। अधिवेशनले वडास्तरमा संगठन सुदृढ गर्दै पार्टी गतिविधि विस्तार गर्ने उद्देश्य लिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्