वीरगन्जबाट लागूऔषध खैरो हिरोइनसहित युवक पक्राउ

सिमराः पर्सा प्रहरीले लागूऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका १५ त्रिशुल चोकस्थित सडकखण्डबाट प्रहरीले २१ वर्षीय ऋतिक साहलाई पक्राउ गरेको हो ।
प्रहरी चौकी भिष्वागाउँबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा शंकास्पद रूपमा भाग्न खोजेका साहलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार उनको पाइन्टको खल्तीमा लुकाई छिपाई राखिएको प्लास्टिकसहित ०.६१ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको हो ।
पक्राउ परेका साहलाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरीबहादुर बस्नेतले जानकारी दिएका छन् ।






