डुमरवानामा सर्पदंशबाट चार वर्षीया बालिकाको मृत्युु


eShilalekh

९ असार २०८३, मंगलवार ०९:४८

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानास्थित डाँडाटोलमा सर्पले डँसेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार वर्षीया सुप्रिना दोङ रहेकी छिन् ।

डुमरवानास्थित राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनमा प्लेग्रुपमा अध्ययनरत बालिकालाई घर नजिकै खेल्दै गर्दा सर्पले डँसेको थियो । सोमबार विद्यालयबाट फर्किएपछी बालिका घर नजिकै खेल्दै थिइन् ।

घटना हुँदा बालिकाको अभिभावक घरमा थिएनन् । उनकी आमा घाँस लिन जंगल गएकी थिइन् भने बुवा रोजगारीका सिलसिलामा विदेशमा छन् ।

घरमा कोही नभएको बेला सर्पले डँसेको र केही समयपछि परिवारका सदस्यले वीरगन्जस्थित नारायणी अस्पताल पुर्याएपनि चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीको भनाइ छ ।

घटनाप्रति दु:ख व्यक्त गर्दै जीतपुरसिमराका निजी विद्यालयले मंगलबार शोकबिदा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्