रसुवाका बाढीपीडितका लागि लायन्स क्लब र मध्य नेपाल प्रेसद्वारा राहत सामग्री हस्तान्तरण


eShilalekh

१२ आश्विन २०८३, सोमबार १७:५४

वीरगन्जः रसुवाका बाढीपीडित परिवारका लागि लायन्स क्लब अफ वीरगन्ज क्यापिटल र मध्य नेपाल प्रेसले संयुक्त रूपमा राहत सामग्री उपलब्ध गराएका छन् । संस्थाले सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत एक सय थान हाइजेनिक किट हस्तान्तरण गरेका हुन् ।

बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य तथा सरसफाइका सामग्री उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको मध्य नेपालकी सम्पादक तथा लायन्स क्लबकी अध्यक्ष कविता खड्काले जानकारी दिइन् । हस्तान्तरण गरिएका किटहरूमा सेनिटरी प्याड, साबुन, मञ्जन, ब्रस, जीवनजल तथा औषधिलगायतका अत्यावश्यक सामग्रीहरू समावेश छन् ।

राहत सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले प्राप्त सामग्रीहरूलाई गृह मन्त्रालयको निर्देशनअनुसार संकलन गरी रसुवाका बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको बताएका छन् ।

प्रभावित क्षेत्रबाट आवश्यक राहत सामग्रीको सूची तयार गरी विभिन्न संघसंस्थाको समन्वयमा पीडितसम्म पुर्‍याउने काम भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्