छातापिपरा दुर्घटनापछि नगर प्रमुख पौडेलको आक्रोश: ६ लेन सडकको व्यवस्थापन तत्काल गरियोस्

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले पथलैया–वीरगन्ज ६ लेन सडकखण्डमा बढ्दो सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायलाई तत्काल ट्राफिक तथा सडक व्यवस्थापन गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको ध्यानाकर्षण गराउँदै नगर प्रमुख पौडेलले सडक व्यवस्थापनको अभावका कारण पथलैया, सिमरा, बजनी, जीतपुर, छातापिपरा, नितनपुर र भलुहीलगायत क्षेत्रमा नियमितजसो दुर्घटना भइरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन ।
पौडेलले सोमबार साँझ जीतपुरसिमरा ९ छातापिपरामा तीन जनाको ज्यान जाने गरि भएको मोटरसाइकल दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उक्त घटनापछि स्थानीय बासिन्दाले सडक व्यवस्थापनको विषयमा चासो र चिन्ता लिएको भन्दै पौडेलले केन्द्रीय सरकारको मातहत रहेको ६ लेन सडक व्यवस्थापन तत्काल गर्न अनुरोध गरेका छन् ।








