रास्वपा केन्द्रीय सदस्यमा बाराका दुई सांसद बिजयी, दुई सांसद पराजित

सिमराः बाराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चार सांसदमध्ये दुई जना राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुँदा दुई सांसद पराजित भएका छन् ।
चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनबाट बारा क्षेत्र नं. ४ का सांसद रहबर अन्सारी र बारा क्षेत्र नं. ३ का सांसद अरविन्द साह निर्वाचित भएका हुन् ।
अन्सारी मुस्लिम समूह र साह मधेसी समूहबाट बिजयी भएका हुन् । अन्सारीले प्रवासको २२ सहित एक हजार ४७ मत प्राप्त गरे । यसैगरी साहले ९ सय ७० मत पाए । साहले प्रवासबाट ६ मत मात्रै पाएका छन् ।
दुई सांसद केन्द्रीय सदस्यमा निर्वाचित हुँदै गर्दा अर्का दुई सांसद भने पराजित भएका छन् । बारा क्षेत्र नं. २ का सांसद चन्दन सिंह र बारा क्षेत्र नं. १ का सांसद गणेश धिमाल भने पराजित भएका छन् ।







