वृक्षरोपण तथा बिरामीलाई फलफूल वितरण गर्दै कांग्रेस बाराले मनायो बिपी स्मृति दिवस


eShilalekh

६ श्रावण २०८३, बुधबार १४:०३

कलैया: ४४औँ बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बाराले बुधबार फलफुल वितरण तथा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ । स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी कांग्रेस बाराले बिपी कोइरालाको स्मरण गरेको हो ।

कांग्रेस बाराले प्रादेशिक अस्पताल कलैयामा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ । बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कांग्रेस बाराका कार्यवाहक सभापति मनोज भट्टसहित केन्द्रीय सदस्य मथुराप्रसाद घिमिरे, बिनिता खड्का, मधेश प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादवलगायतले फलफुल वितरण गरेका थिए ।

कार्यक्रममा जिल्ला सचिवद्वय भैयाराम यादव र राजेश रौनियार, नेता तेजनारायण जैसवाल, तरुण दलका पूर्व केन्द्रीय सचिव राजेन्द्र जैसवाल, युवा नेता अफ्तर मन्सूर, इन्जाद अन्सारी लगायतको सहभागिता रहेको थियो ।

यसैगरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कुडवाको प्राङ्गणमा वृक्षरोपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्