जनकपुरधाममा कर्फ्यू आदेश जारी


eShilalekh

१४ श्रावण २०८३, बिहीबार १५:०१

जनकपुर:जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जनकपुरधामका तोकिएका क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो।

प्रशासनका अनुसार आज दिउँसो ३ बजेर ३० मिनेटदेखि कर्फ्यू आदेश प्रभावकारी हुनेछ। क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना हुनबाट रोक्नका लागि यो कदम चालिएको प्रशासनले जनाएको छ।

कर्फ्यू अवधिमा अनावश्यक हिँडडुल गर्न, प्रदर्शन, भीडभाड वा सभा जुलुस गर्न निषेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्