सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सप्तरीः सप्तरीको महादेवा गाउँपालिका १ स्थित महुवा खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पकरी राम टोलका अन्दाजी ३७ वर्षीय फैंकन राम र २८ वर्षीय सन्तोष राम रहेका छन् ।
पकरीबाट बनौलीतर्फ गइरहेको स ०१–००६–प २४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल र विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक दुबै जनाको शव परिक्षण गरि परिवारको जिम्मा लगाईएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जनाएका छन् ।







