जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले मनायो नवौं स्थापना दिवस


eShilalekh

२० श्रावण २०८३, बुधबार १८:०१

सिमरा: ‘समृद्ध व्यापार, संगठित उद्योग, सबल अर्थतन्त्र’ भन्ने मूल नाराका साथ जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नवौं स्थापना दिवस मनाएको छ । संघले कार्यालयमा आयोजित कार्यक्रमकाबीच दिवस मनाएको हो ।

संघका अध्यक्ष गजेन्द्र कुमार गुप्ताको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, शुभेच्छुक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष मोहन शर्मा लामिछानेसहित वर्तमान पदाधिकारी, सदस्यलगायतको उपस्थिती रहेको थियो ।

अध्यक्ष गुप्ताले संघले स्थापनाकालदेखि नै उद्योगी-व्यवसायीहरूको हकहित संरक्षण, सेवा, सहकार्य र आर्थिक समृद्धिका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए । सो अवसरमा वक्ताहरूले स्थानीय तहमा आर्थिक विकास, नयाँ रोजगारीका अवसर सिर्जना तथा औद्योगिक एवं व्यापारिक क्षेत्रको प्रवर्द्धनमा सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

९औं स्थापना दिवसको विशेष अवसरमा संघले सम्पूर्ण उद्योगी, व्यवसायी तथा शुभेच्छुकहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेको छ । ‘एकता, सहकार्य, समर्पण र विश्वास’ लाई आत्मसात गर्दै अघि बढेको संघले आगामी दिनमा पनि उद्योगी-व्यवसायीको हकहितका लागि प्रतिवद्ध रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्