धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु


eShilalekh

३१ श्रावण २०८३, आईतवार १५:११

जनकपुरधामः धनुषामा करेन्ट लागेर आईतबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको एकडारा नगरपालिका १ बस्ने २३ वर्षीया पुनिताकुमारी महतो रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार मोटरको स्विच थिच्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको हो ।

पुनिता जनकपुरधाम उपमहानगरपालिका १७ तेतरियास्थित भिनाजु सन्देश महतोको घरमा आएका बेला घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्