वीरगन्जमा ५० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई युवक पक्राउ


eShilalekh

३१ श्रावण २०८३, आईतवार १८:४८

वीरगन्ज: वीरगन्जबाट प्रहरीले अवैध लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको बिन्दबासिनी गाउँपालिका-५ का २२ वर्षीय सनप्राज शेख र पकहाँ मैनपुर गाउँपालिका-४ का २४ वर्षीय सम्साद देवान रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका-१५ स्थित सडकमा मोटरसाइकल रोकर जाँच गर्दा उनीहरूको साथबाट ५०.७ ग्राम ब्राउन सुगर बरामद गरेको हो । जाँचका क्रममा लागूऔषध फेला परेपछि प्रहरीले मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।

पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्