बारामा ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सिमराः बाराको विश्रामपुर गाउँपालिका २ कान्तिपुर बरैनियामा ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय शर्मा पटेल रहेका छन् ।
प्रहरीका अनुसार मंगलबार आफ्नै घरमा ई–रिक्सा चार्ज गर्ने करेन्ट लागेर पटेलको मृत्यु भएको हो । घटनालगत्तै आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारको जिम्मा लगाइएको छ ।
घटना बारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।







