छातापिपरामा पिकअप गाडी पल्टिँदा चालकको मृत्यु, सहचालक घाइते


eShilalekh

२२ भाद्र २०८३, सोमबार ११:२५

सिमरा: पथलैया-वीरगन्ज सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ छातापिपरामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना५च २२७७ नम्बरको कुखुरा बोक्ने पिकअप गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका-३० प्रोसतिपुर निवासी २२ वर्षीय जैमुदिन अंसारी रहेका छन् ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको उक्त पिकअप गाडी सडकको बीचमा रहेको डिभाइडरमा ठोकिएर अर्को लेनमा पुगी पल्टिएको थियो ।

दुर्घटनामा गाडीका सहचालक विश्रामपुर गाउँपालिका-९ का २० वर्षीय स्वयमभुला अंसारी घाइते भएका छन् । घाइते अंसारीको अहिले वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्