पर्सामा लागूऔषध गाँजासहित एक जना पक्राउ


eShilalekh

२५ भाद्र २०८३, बिहीबार १२:३१

वीरगन्जः पर्सा प्रहरीले बिहीबार बिहान लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका ४ का ७० वर्षीय दुखि महतो रहेका छन् ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले सूचनाको आधारमा महतोको घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा घरभित्र लुकाईछिपाई राखेको अवस्थामा १८ किलो चार सय ग्राम लागूऔषध गाँजा बरामद भएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।

बरामद लागूऔषधसहित पक्राउ परेका महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्