जीतपुरसिमराले गर्यो १६४९ भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान प्रमाणीकरण

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरको तीन वटा वडा भित्रका एक हजार ६ सय ४९ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान प्रमाणीकरण गरी स्वीकृत गरेको छ ।
उपमहानगरपालिकाको शुक्रबार बसेको ७०औं कार्यपालिका बैठकले २४ भूमिहिन दलित, २४८ भूमिहिन सुकुम्बासी र १३७८ अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड २०८३ बमोजिम वडा नं. १, २ र २१ को भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण स्वीकृत गरेको हो ।
बैठकले वडा नं. १ मा ६ भूमिहिन दलित र ११६ भूमिहिन सुकुम्बासीको पहिचान प्रमाणीकरण गरेको छ भने वडा नं. मा १७ भूमिहिन दलित, १०६ भूमिहिन सुकुम्बासी र सात सय ७० अव्यवस्थित सुकुम्बासीको विवरण स्वीकृत गरेको छ । यसैगरी वडा नं. २१ मा एक भूमिहिन दलित, २६ भूमिहिन सुकुम्बासी र ६ सय आठ अव्यवस्थित सुकुम्बासीको विवरण प्रमाणीकरण भएको उपहानगरपालिकाले जनाएको छ ।
कार्यपालिका बैठकबाट स्वीकृत उक्त विवरण भूमि समस्या समाधान समिति बारामा पेश गरिने भएको छ ।








