यादवको अध्यक्षतामा हिस्टुन बाराको कार्यसमिति चयन


eShilalekh

२८ भाद्र २०८३, आईतवार २२:४४

सिमरा: माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) बाराको भेलाले सत्येन्द्रप्रसाद यादवको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । कलैयास्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयमा आइतबार सम्पन्न जिल्ला भेलाले कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा संजिवकुमार उपाध्याय, उपाध्यक्ष (महिला) मा ज्योति उपाध्याय पौडेल, सचिवमा जयशिव पण्डित, सहसचिवमा सन्तोषकुमार चौरसिया र कोषाध्यक्षमा ओमप्रकाश चौधरी चयन भएका छन् । यसैगरी कार्यसमितिको सदस्यमा राजेश तिवारी, कन्हैया साह, सुशील पण्डित, डा. रमेश कुमार झा, राम रावत र शम्भु गुप्तालाई चयन गरिएको छ ।

कार्यक्रममा देवी कुमारी सापकोटा, ग्यासुद्दिन अन्सारी, कालिकाप्रसाद ढकालले शिक्षकहरूबीचको एकताले मात्र पेशागत अधिकार सुरक्षित हुने धारणा राखेका छन् । साविक उच्च माध्यमिक विद्यालयका शिक्षकहरूले अझै पनि विभिन्न ठाउँमा विभेद भोग्नु परेको उनीहरुको गुनासो थियो ।

जिल्लाका विभिन्न विद्यालयका ४० भन्दा बढी शिक्षक-शिक्षिकाको सहभागिता रहेको उक्त भेलाले सल्लाहकार समिति गठन र बैंक खाता सञ्चालन गर्ने लगायतका विषयमा छलफल गरी निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्