चक्कु प्रहार घटनाः मुख्य अभियुक्तसहित ६ जनाविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप


eShilalekh

४ आश्विन २०८३, आईतवार १८:०२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका–२ मा शनिबार साँझ भएको चक्कु प्रहार तथा हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका ६ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । ३५ वर्षीय स्थानीय धिरज भनिने शेरबहादुर खड्काको हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्त जीतपुरसिमरा उपमहानगरपालिका-१६ का आयुश राईसहित पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जीतपुरसिमरा-१६ की ४३ वर्षीया शान्ति राई, ४० वर्षीया सिता थापा मगर, जीतपुरसिमरा-२ का ३० वर्षीय रामबहादुर तिमिल्सिना, २३ वर्षीय रत्न पाख्रिन तामाङ र पर्सा ठोरी घर भई जीतपुरसिमरा-२ बस्ने ३४ वर्षीया विन्दु तामाङलाई घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिईएको छ ।

उनीहरुलाई बारा जिल्ला अदालत कलैयाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।

जीतपुरसिमरा-२ स्थित सम्झना स्टाफ होटलमा बसिरहेका खड्कालाई २२ वर्षीय राईले धारिलो चक्कुले घाँटीमा रेटेका थिए । खड्कालाई अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनालगत्तै फरार भएका राईलाई प्रहरीले जीतपुरसिमरा-१६ स्थित स्थानीयको धान खेतमा लुकेको अवस्थामा पाँच घण्टामै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्