जीतपुरसिमराका नगर उपप्रमुख अधिकारीले गरे पदभार ग्रहण


eShilalekh

९ जेष्ठ २०७९, सोमबार २१:४४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । उपमहानगरपालिकामा आयोजित कार्यक्रममा सपथ लिएपछि अधिकारीले पदबहाली गरेका हुन् ।

उपमहानगरपालिकाका निवर्तनमा नगर प्रमुख डा. कृष्ण पौडेलले उपप्रमुख अधिकारीलाई पदभार ग्रहण गराएका थिए । पदबहाली गर्दै नगर उपप्रमुख अधिकारीले उपमहानगरबासीको चाहना अनुसार काम गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताए । उपप्रमुखको जिम्मेवारी फराकिलो रहेको भन्दै अधिकारीले उत्कृष्ट नगर बनाउने अभियानमा लाग्ने बताए ।

उपप्रमुखले पदभार ग्रहणका क्रममा नगर नव निर्वाचित प्रमुख राजन पौडेल, प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेललगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्