वीरगन्ज सीमावर्ती क्षेत्रबाट बेवारिसे अवस्थामा सात लाखभन्दा बढीको औषधि बरामद


eShilalekh

८ कार्तिक २०८३, आईतवार १२:०५

वीरगन्जः पर्साको वीरगन्ज महानगरपालिका-२५ स्थित खल्वा सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध औषधि बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. ड्राईपोर्टबाट खटिएको गस्ती टोलीले धान खेतमा बेवारिसे अवस्थामा राखिएको विभिन्न प्रकारका औषधिहरू बरामद गरेको हो।

बरामद गरिएका उक्त औषधिहरूको अनुमानित बजार मूल्य सात लाख ७६ हजार आठ रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।नियन्त्रणमा लिइएका सम्पूर्ण औषधिहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्