कलैयाबाट ठूलो परिमाणमा सुईजन्य प्रतिबन्धित लागूऔषध बरामद

सिमराः बाराको कलैयाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित सुईजन्य लागूऔषध बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका-१० सनिचरेमठस्थित सीमा इलाकाबाट उक्त लागूऔषध बरामद गरेको हो।
सुरक्षा टोलीले जाँचका क्रममा पाँच सय पिस डाइजेपाम इन्जेक्सन, एक सय ९५ पिस बुप्रेलिनर्फिन इन्जेक्सन, तीन सय पिस नुफिन बुप्रेलिनर्फिन इन्जेक्सन र पाँच सय पिस प्रोमेथार्जिन हाइड्रोक्लोराइड इन्जेक्सन फेला पारेको छ।
बरामद गरिएका प्रतिबन्धित लागूऔषधलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।







