बिश्रामपुरमा सर्पदंशबाट एक बालकको मृत्यु


eShilalekh

९ कार्तिक २०८३, सोमबार ०८:१३

सिमराः बाराको बिश्रामपुरमा सर्पदंशबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार पूर्वीचम्पारण पकडिया घर भई बिश्रामपुर गाउँपालिका-५ स्थित मामाघरमा बस्दै आएका चार वर्षीय आदित्यप्रसाद पाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतरबार साँझ घर अगाडि खेलिरहेको अवस्थामा बालकलाई कोब्रा सर्पले डँसेको थियो । सर्पले डँसेलगत्तै बालकलाई वीरगन्जस्थित नारायणी अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

बालकको शव उनका मामा जितेन्द्र पालले बुझेको प्रहरीले जनाएको छ । बालक करिब एक महिनादेखि मामा घरमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्