एनपीएलमा आज दुई खेल: जनकपुर र काठमाडौं तथा विराटनगर र कर्णाली आमनेसामने हुँदै


eShilalekh

१२ कार्तिक २०८३, बिहीबार ११:२४

सिमराः नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार दुई खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२:३० बजे जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन् ।

काठमाडौं गोर्खाजले प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ भने जनकपुरको यो दोस्रो खेल हो । जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

आजै दिउँसो ४:३० बजे हुने दोस्रो खेलमा विराटनगर किङ्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । जनकपुरलाई हराएको कर्णालीको यो दोस्रो खेल हो । विराटनगर किङ्स भने यसअघि आफ्नो पहिलो खेलमा चितवन राईनोजसँग ८ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्