रौतहटमा एक युवकमाथि गोली प्रहार


eShilalekh

१८ कार्तिक २०८३, बुधबार ०८:३७

सिमरा: रौतहटमा मंगलबार राति एक युवकमाथि गोली प्रहार भएको छ । गौर नगरपालिका-४ गढवा टोलस्थित पानी ट्यांकी नजिक स्थानीय राकेश यादवलाई अज्ञात समूहले गोली प्रहार गरेको हो ।

गोली लागेर गम्भीर घाइते भएका २८ वर्षीय यादवको अहिले वीरगन्जस्थित मेडिसिटि बयोधा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार यादवको यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी कुल ६ वटा गोलीका छर्रा लागेको छ । घटनालगत्तै उनलाई प्रादेशिक अस्पताल गौर लगिएको र त्यहाँबाट थप उपचारका लागि वीरगन्ज लगिएको हो । 

घटनास्थलबाट प्रहरीले ७.६२ एमएमको पेस्तोलको तीन वटा खोका फेला पारेको छ । गोली कसले चलाएको भन्ने खुलेको छैन ।  गोली चलाउने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्