सिरहा: खाल्डो खनेर लुकाइएको दुई क्विन्टलभन्दा बढी लागूऔषध गाँजा बरामद

सिरहा: प्रहरीले सप्तरीको बलान बिहुल गाउँपालिका-४ स्थित बलान खोलाको बगरमा खाल्डो खनेर लुकाइएको अवस्थामा दुई सय ३१ किलो आठ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ।
सिरहा र सप्तरी जिल्लाको सिमानामा पर्ने उक्त खोलाको बीच भागमा लागूऔषध लुकाइएको सूचनाका आधारमा प्रहरी टोलीले राति करिब १ बजे खानतलासी गरेको थियो । खानतलासीका क्रममा प्रहरीले खाल्डोभित्र लुकाइएको सात वटा पोकामा लागूऔषध गाँजा बरामद गरको हो।
गाँजा लुकाइएको स्थानमा व्यक्ति फेला नपरेको र संलग्नहरूको खोजीसहित घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





