बारामा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु

सिमराः पथलैया–हेटौंडा सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बिहीबार यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका–५ का ६० वर्षीय निरबहादुर वाइबा रहेका छन् ।
वीरगन्जबाट काठमाठौंतर्फ जाँदै गरेको बा.०१–००६ख ९८३६ नम्बरको ईभीले विपरित दिशाबाट आउँदै गरेको बा.०२–०३७प ८५९८ नम्बरको स्कुटरलाई जीतपुरसिमरा–२२ स्थित ४ नम्बर पुलमा ठक्कर दिएको थियो । ठक्करबाट वाइबा र उनकी श्रीमती ५६ वर्षीय माया तामाङ घाइते भएका थिए । घाइतेलाई तत्कालै हेटौंडा अस्पताल पठाइएको थिए ।
अस्पताल पुगेलगत्तै चिकित्सकले वाइबालाई मृत घोषणा गरेका थिए । उनकी पत्नी मायाको भने उपचार भईरहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।
प्रहरीले ईभी चालक बिर्तामोड नगरपालिका–५ पाथीभराका ५० वर्षीय रमेश प्रसाईंलाई नियन्त्रणमा लिएको छ ।





