सिराहाको मिर्चैयाबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ


eShilalekh

६ मंसिर २०८३, आईतवार १३:०८

सिरहाः सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । मिर्चैया नगरपालिका-६ स्थित मिर्चैया–कटारी सडक खण्डमा रहेको होलिडे होटल अगाडिबाट शनिबार साँझ उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको प्रदेश ०१–००५ प ९१२४ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा ब्राउन सुगर फेला पारेपछि उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–५ जयपुरका २४ वर्षीय दिलीपकुमार सिंह र सोही स्थानका २८ वर्षीय रज्जितकुमार सिंह दनुवार रहेका छन् । प्रहरीका अनुसार दिलीप मोटरसाइकल चालक हुन् भने रज्जित मोटरसाइकलको पछाडि सवार थिए ।

प्रतिक्रिया दिनुहोस्