बसको ठक्करबाट मोटरसाइकल चालक घाइते, अवस्था गम्भीर

सिमराः बाराको पथलैयामा बुधबार दिउँसो बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बाराको महागढीमाई नगरपालिका-५ का ३० वर्षीय शशीकान्त चौधरी रहेका छन् ।
घाइते चौधरीको अवस्था गम्भीर रहेको छ । उनको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
पथलैयाबाट निजगढतर्फ जाँदै गरेको लु१ख ४९६० नम्बरको बसले विपरित दिशबाट आउँदै गरेको प्र.३-०२-०१० प ६९६६ नम्बरको मोटरसाइकललाई एक नम्बर पुल नजिक ठक्कर दिँदा चौधरी घाइते भएका हुन् । प्रहरीले बस चालक सर्लाही हरिवर नगरपालिका-९ का ६० वर्षीय मनोदर बुढाथोकीलाई नियन्त्रणमा लिएको छ ।






