जीतपुरसिमरामा चेम्बर अफ कमर्स गठन


eShilalekh

५ भाद्र २०७९, आईतवार १६:०२

सिमराः जीतपुरसिमरा चेम्बर अफ कमर्सको तदर्थ कमिटी गठन गरिएको छ । सिमरामा सम्पन्न व्यवसायीको भेलाले मनलाल श्रेष्ठको अध्यक्षतामा ३७ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा शेष नसिम हुसेन, उपाध्यक्ष रामबाबु साह, राजु गुप्ता, महासचिव शेष आलिम मिया, सचिव प्रदीप गौतम, सहसचिव दीपेन्द्र साह, कोषाध्यक्ष निर्मला केसी, सहकोषाध्यक्ष सन्तोष दाहाल रहेका छन् ।

कमिटीको सदस्यमा सकलि हुसेन, निराजन खरेल, हरि रिजाल, सुदिप कडेल, शुक्र श्रेष्ठ, रामबाबु ठाकुर, मुर्तुजा अंसारी, शिवराज लामा, रेवती देवकोटा, जमुना गौतम, गोविन्द पौडेल, सन्तोष साह, श्रवण रिजाल, खुर्सिद मिया, ज्योती शर्मा, डम्बरबहादुर गुरुङ, संगिता श्रेष्ठ, लक्ष्मी भट्ट, जानवी रिजाल, सुशिल भण्डारी, सुरज प्रसाद साह, सरोजकुमार राउत, मछिन्द्र भण्डारी, मन्जु दाहाल, प्रेम आचार्य, अर्जुन ढकाल, सुमित अधिकारी, पुनम रिजाललाई चयन गरिएको छ । तदर्थ कमिटीमा थप तीन जना महिला सदस्य मनोनित गरिने बताइएको छ ।

सिमरास्थित थानीमाई पार्कमा आयोजित व्यवसायीको भेलालाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीलगायतले सम्बोधन गरेका थिए । भेलालाई सम्बोधन गर्ने क्रममा उपप्रमुख अधिकारीले व्यवसायीको हकहित र अधिकारका लागि सक्रियताका साथ अघि बढ्न सुझाव दिए । उनले व्यवसायीसंग सहकार्य गरेर अघि बढ्न उपमहानगरपालिका तयार रहने समेत बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख युवराज तिमिल्सिना, नेपाल चेम्बर अफ कमर्स मधेश प्रदेशकी सदस्य सिता केसी, बाराका अध्यक्ष रुपेश पोखरेल, जीतपुरसिमरा ४ का वडाध्यक्ष भोजबहादुर खत्रीलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कमिटीले गनुपर्ने काम र भूमिकाको विषयमा व्यवसायीले नेतृत्वसहित सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए । व्यवसायीको सुझावलाई सम्बोधन गर्दै कमिटीका अध्यक्ष श्रेष्ठले व्यवसायीको हकहितका लागि आफूले सक्रिय भूमिका निर्वाह गर्ने बताएका थिए ।

तदर्थ समितिले ६ महिनाभित्र प्रथम अधिवेशन सम्पन्न गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्